पत्रकारसहित भारतमा एकैदिन १०६ जनाको मृत्यु, अहिलेसम्म मृतककाे संख्या १ हजार ८९०

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ५४७ पटक पढिएको
पत्रकारसहित भारतमा एकैदिन १०६ जनाको मृत्यु, अहिलेसम्म मृतककाे संख्या १ हजार ८९०

बैशाख २६, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये २५ जना मुम्बईका हुन्।

मुम्बईमा अहिलेसम्म ६९४ मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यस्तै गुजरातमा बिहीबार २९ जनाको मृत्यु भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या ४२५ पुगेको छ ।

मध्य प्रदेशमा ८, पश्चिम बंगालमा ७, राजस्थानमा ६ उत्तर प्रदेश, तमिलनाडु, दिल्ली र आन्ध्र प्रदेशमा दुई–दुईजनाको बिहीबार मात्रै मृत्यु भएको छ ।

यस्तै पञ्जाब, कर्नाटक, हरियाण र जम्मु कश्मीरमा १–१ संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

कोरोना भाइरसका कारण भारतमा एक पत्रकारको पनि मृत्यु भएको छ। आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको हो ।

उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस