बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ३४६ पटक पढिएको
बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

बैशाख २६, काठमाडौं। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। यही विषयमा सत्तारुढ दलका नेताहरुबीच छलफल भएको छ।

सामान्यता संसद सुरु हुनु अघि संसदीय दलको बैठक बस्ने परम्परा भएपनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले संसदीय दलका बैठक बस्न नसकेपछि नेकपा अध्यक्षद्ववय प्रधानमन्त्री केपी ओली र प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी र राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माबीच बालुवाटारमा छलफल भएको हो।

संसद बैठक बस्ने दिन संसदीय दलको बैठक बस्न नसकेपछि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले कार्याकरी अध्यक्ष प्रचण्च, संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका नेतालाई बालुवाटार बोलाएका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम बजेटको पक्षमा प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए। संसदमा जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ भने जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

बालुवाटारमा सकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएपनि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छुट्टै छलफल भएको थियो। बालुवातार स्रोतका अनुसार दुई अध्यक्षबीच सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो।

स्थायी कमिटी बैठक बोलाउने र नबोलाउने विषयलाई लिएर नेकपाभित्र विवाद बढिरहेका बेला दुई अध्यक्षबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस