काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक खुल्ला रहने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ५७४ पटक पढिएको
काभ्रेमा हप्ताको तीन दिन मात्रै बैंक खुल्ला रहने

जेठ २, काभ्रे । कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

हाल यस जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न निर्णयमा भनिएको छ ।

बैक तथा वित्तिय संस्था संचालन हुँदा जिल्लामा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरुले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस