‘मलाई कालापानी हेर्न मन छ’ गीतको भिडियो सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ५२५ पटक पढिएको
‘मलाई कालापानी हेर्न मन छ’ गीतको भिडियो सार्वजनिक

जेठ ४, काठमाडौं । अस्मिन घिमिरेको शब्द तथा स्वरमा रहेको ‘मलाई नालापानी, लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

भारतले नेपालको भूमी मिचेर सडक बनाएको खबर सार्वजनिक भएसँगै अहिले नेपाली भूमि फिर्ता गर्नुपर्ने माग चौतफी रुपमा उठेको छ ।

कपिल घिमिरेको संगीत रहेको यो गीतको भिडियोलाई भोला सुवेदीले निर्देशन गरेका हुन् । रवि अधिकारीको कन्सेप्टमा तयार भएको भिडियोमा भोलाकै छायांकन र सम्पादन छ ।

भिडियोमा दीपकराज गिरी, सलोन बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत, बद्री पंगेनी, जयकिसन बस्नेत, जाहन्वी बस्नेत लगायतका कलाकारलाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस