सीमामा अलपत्र नागरिक जोगाउन नसक्ने सरकारले सीमा जोगाउन सक्दैन : गगन थापा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ३४५ पटक पढिएको
सीमामा अलपत्र नागरिक जोगाउन नसक्ने सरकारले सीमा जोगाउन सक्दैन : गगन थापा

जेठ ५, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्ना नागरिक जोगाउन नसक्नेले सीमा जोगाउँछ भन्‍ने भ्रम आफूलाई नभएको बताएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले सरकारतर्फ लक्षित गर्दै सीमामा र खाडी मुलुकमा अलपत्र नेपाली नागरिक जोगाउन नसकेको भन्दै यस्तो बताएका हुन् । सरकारले लिम्पियाधुरासहित लुटिएको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने बताइरहँदा आफूले पनि संसदमा टेबल ठोकेको पनि उनले बताए ।

राष्ट्रियता भनेको माटो र मान्छे दुवै भएको बताउँदै उनले भने, ‘‘मान्छे जोगाउन नसक्नेले माटो पनि जोगाउन सक्दैन ।’’ सांसद थापाले सरकारको नीति तथा कार्यक्रम हेरेर आफू लज्जित भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस