अमेरिकामा ९० हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या १५ लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ७१५ पटक पढिएको
अमेरिकामा ९० हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या १५ लाख नाघ्यो

जेठ ६, एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म ९० हजार ३३८ जनाको ज्यान गएको छ ।

यस्तै त्यहाँ कुल संक्रमितको संख्या पनि १५ लाख भन्दा बढी पुगेको छ । अहिलेसम्म १५ लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख १८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ४७ लाख ९८ हजार भन्दा बढी रहेको छ ।

संक्रमितको संख्या अमेरिकापछि रुपमा सबैभन्दा धेरै छन् । रुसमा हालसम्म दुई लाख ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २७ सय भन्दा बढी रहेको छ ।

यस्तै ब्राजिलमा संक्रमितको संख्या दुई लाख ५५ हजार भन्दा बढी पुगेको छ । त्यहाँ १६ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

बेलायमा दुई लाख ४७ हजार भन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३४ हजार ८७६ रहेको छ । स्पेनमा दुई लाख ३१ हजार ६०६ संक्रमित र २७ हजार ७०९ को मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या दुई लाख २५ हजार ८८६ र मृत्यु हुनेको संख्या ३२ हजार सात तथा फ्रान्समा संक्रमितको संख्या एक लाख ८० हजार ५१ तथा मृत्यु हुनेको संख्या २८ हजार २४२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस