सरकारको नीति तथा कार्यक्रम पारित

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ३५४ पटक पढिएको
सरकारको नीति तथा कार्यक्रम पारित

जेठ ६, काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राष्ट्रपतिमार्फत विद्यादेवि भण्डारीले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि अाज (मंगलबार) बहुमतले नीति कार्यक्रम स्वीकृत गरेको हो।

राष्ट्रपति भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति कार्यक्रममा विपक्षी दलहरुका तर्फबाट परेका पाँचवटा संशोधन बहुमतले अस्वीकृत भएका छन्।

नीति कार्यक्रमको पक्षमा सत्तारुढ दलका सांसदले मत दिएका छन् भने विपक्षी कांग्रेस, राजपा र समाजवादीले विपक्षीमा मत जाहेर गरेका छन्।

प्रतिक्रिया दिनुहोस