जेठ महिनाभरि लकडाउन कायम राख्ने निर्णय, विमानस्थल असार १६ सम्म बन्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ४६३ पटक पढिएको

जेठ महिनाभरि लकडाउन कायम राख्ने निर्णय, विमानस्थल असार १६ सम्म बन्द

जेठ १८, काठमाडौं । सरकारले सातौपल्ट लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको छ ।

चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ २० गते मङ्गलबार सकिँदै थियो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने जानकारी स्रोतले दिएको छ।

प्रतिक्रिया दिनुहोस