रुकुम घटनाको विरोधमा डा. बाबुरामसहित प्रदर्शनमा 

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ४६६ पटक पढिएको
रुकुम घटनाको विरोधमा डा. बाबुरामसहित प्रदर्शनमा 

जेठ १८, काठमाडौं । रुकुम पश्चिममा दलितमाथि भएको हिंसाको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजनमा चौरजहारीमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको विरोधमा प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागी भएकाहरुले जातीय विभेद अन्त्य हुनु पर्ने र जातकै आधारमा भएको नरसंहारका दोषीलाई हदैसम्मको कारवाहीको उनीहरुले गरेका छन्। प्रदर्शनमा जनता समाजवादी पार्टी नेपाल पनि सहभागी भएको छ।

जेठ १० गते आफ्नी प्रेमिका लिन गएका नवराज बिक र उनका साथीहरुमाथि गाउँलेले आक्रमण गरेका थिए। सो आक्रमणमा नवराजसहित ६ जनाको ज्यान गएको छ।

प्रदर्शनमा समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईसहितका नेताहरु सहभागी भएका छन्। उनीहरुले जातीय विभेद विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका बोकेका छन्।

 

प्रतिक्रिया दिनुहोस