लकडाउनको मोडालिटी बारे छलफल गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ४०७ पटक पढिएको

लकडाउनको मोडालिटी बारे छलफल गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए

जेेेठ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि यसको विकल्पका बारेमा आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागिएको हो ।

अपरान्ह चार बजे प्रधानमन्त्री निवास बाुलवाटारमा बोलाइएको बैठकमा जेठ ३२ सम्म कायम रहेको लकडाउनलाई प्रभावकारी बनाउँदै जनजीवन सहज बनाउने बारेमा छलफल हुने बताइएको छ ।

यसअघि पटक–पटक भएका छलफलमा अर्थतन्त्र धराशायी भएको भन्दै लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेको छैन ।

लकडाउनका कारण दैनिक जिवनयापनमै समस्या भएको भन्दै मकवानपुर, वीरगञ्ज, सुर्खेत लगायतका जिल्लामा आजदेखि व्यवसाय संचालन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस