सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, आठ राउन्ड हवाई फायर

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ७४७ पटक पढिएको
सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, आठ राउन्ड हवाई फायर

जेठ २१, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सत्तारूढ दल नेकपा र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुवै पक्षका १४ जना घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको थियो ।

अवस्था नियन्त्रणबाहिर जाने सम्भावनापछि सशस्त्र प्रहरीले ४ र नेपाल प्रहरीले पनि ४ राउन्ड हवाई फायर गरेको डीआईजी सिंहले बताए । सो क्रममा ३ राउन्ड अश्रुग्याससमेत प्रहार गरिएको थियो ।

घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस