धुलिखेलका किसानलाई ५० प्रतिशन अनुदानमा हाते ट्याक्टर वितरण, फौजी किरा विरुद्धको विषादी निशुल्क

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ८२४ पटक पढिएको
धुलिखेलका किसानलाई ५० प्रतिशन अनुदानमा हाते ट्याक्टर वितरण, फौजी किरा विरुद्धको विषादी निशुल्क

जेठ २७, काभ्रे । धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गरेका हुन् । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले बताए ।

खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताए । औजार वितरण गर्दै नगर प्रमुख व्याञ्जुले कृषि सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गरेका छन् ।

१६ सय घर धुरीलाई निशुल्क विषादी

मकैमा लगातार फौजी किराले आक्रमण गरी मकै उत्पादन सखाप बनाउन थाले पछि नगरपालिकाले सबै वडाका कृषकहरुलाई फौजी किरा विरुद्धको विषादी निशुल्क उपलब्ध गराएको छ । नगर भित्रका १ हजार ६ सय घरधुरीलाई निशुल्क विषादी वितरण गरिएको थियो । विषादी वितरणका लागि नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरु सहभािग थिए ।

प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुालई किटनासक औषधि वितरण गरेका छन् । सो वडाका ३ सय घर धुरीलाई उक्त औषधि वितरण गरेका हुन् । नगरपालिकाले निशुल्क फौजी किरा विरुद्धको विषादी उपलब्ध गराए पछि किसानले राहत महसुस गरेका छन् । जनप्रतिनिधिहरु घर घर पुगी उक्त विषादी उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस