अाज बस्ने मन्त्रीपरिषद बैठकले आगामी लकडाउनको ढाँचा तय गर्ने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ३५० पटक पढिएको
अाज बस्ने मन्त्रीपरिषद बैठकले आगामी लकडाउनको ढाँचा तय गर्ने

जेेठ २८, काठमाडौँ । सरकारले आगामी लकडाउनको ढाँचा अाज टुंगो लगाउने भएको छ । दिउँसो दुई बजे बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार सरकारले दसैँसम्म लकडाउन लम्ब्याउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरी लकडाउन खोल्नेछ।

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ। लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।

पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ। एक–एक महिनाको परीक्षण गर्ने सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस