विवादमा परेका रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४८९ पटक पढिएको
विवादमा परेका रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

जेठ २८, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

उनले आज राजीनामापत्र पेश गरेका हुन् । राजीनामा पत्रमा उनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

कार्यकारीले रेडियो नेपालमा काम गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद समेत दिएका छन् ।

उनी पहिलोपटक २०६९/०८/१९ गते रेडियो नेपालको कार्यकारी निर्देशक पदबाट नियुक्त भएका थिए । त्यसपछि ४ वर्षे कार्यकाल सकिएका उनलाई सरकारले २०७३ माघ ६ गते फेरि नियुक्ति दिएका थिए ।

उनले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् ।

कार्यकारी निर्देशक कार्की पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता रेडियो नेपालमा लिएपछि विवादमा तानिएका थिए । प्रधानमन्त्रीलाई भट्टराईलाई तथानाम गाली गरिएको भन्दै उनले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर माफी समेत मागेका थिए ।

तर, अन्तत उनी राजीनामा बुझाउन बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस