अाजदेखि व्यापार-व्यवसाय खुला गरिने, सवारी साधन पनि जोर-बिजोर

सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र चल्न दिइने
नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ५८० पटक पढिएको
अाजदेखि व्यापार-व्यवसाय खुला गरिने, सवारी साधन पनि जोर-बिजोर

जेठ २९, काठमाडौँ । मन्त्रिपरिषद्को बुधबारको बैठकले अाज (बिहीबार)देखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र चल्न दिइने भएको छ।

लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न नदिइने एक मन्त्रीले जानकारी दिए।

लकडाउनको ८० औँ दिनदेखि जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्‌ले गरेको ती मन्त्रीले जानकारी दिए।

जोर अंक नम्बर भएको सवारी साधनज जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यद्यपि यसबारे विस्तृत विवरण अाज सार्वजनिक गरिने बताईएकाे छ।


प्रतिक्रिया दिनुहोस