सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको ८९ हजार ६०० रुपैयाँ पुग्यो, चाँदीको भाउ ९५०

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित १०३१ पटक पढिएको

सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको ८९ हजार ६०० रुपैयाँ पुग्यो, चाँदीको भाउ ९५०

जेठ २९, काठमाडौं। सुन तोलाको ८९ हजार ६०० रुपैयाँ पुगेको छ। एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुन अहिलेसम्मकै महँगो भएको हो।

सरकारले भन्सार दर बढाएयता पहिलोपटक गत आइतबारदेखि सुनचाँदी बजार खुलेको छ। सुनको मूल्य तोलाको त्यस दिन ८७ हजार ४०० रुपैयाँ कायम गरिएको थियो।

लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले चाँदी तोलाको ९५० रुपैयाँ पुगेको जनाएको छ। हिजोभन्दा तोलामा १५ रुपैयाँले चाँदीको भाउ बढेको छ।

प्रतिक्रिया दिनुहोस