लकडाउन खुकुलो पछि तेलको माग बढ्यो, थानकोटबाट ८ लाख लिटर पेट्रोल र १६ लाख लिटर डिजल बिक्री

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ६०८ पटक पढिएको
लकडाउन खुकुलो पछि तेलको माग बढ्यो, थानकोटबाट ८ लाख लिटर पेट्रोल र १६ लाख लिटर डिजल बिक्री

जेठ ३०, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउनेवित्तिकै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगमको थानकोट डिपोबाट तीन दिनदेखि दैनिक पेट्रोल ८ लाख लिटर र डिजल १६ लाख लिटरको हाराहारीमा बिक्री गर्न थालेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले लकडाउन खुकुलो बनेसँगै पेट्रोलियम पदार्थको खपत बढेको बताए। लकडाउनको अवधिमा पेट्रोल १ लाख र डिजल २ लाख लिटरको हाराहारीमा बिक्री हुने गरेको थियो।

सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाउँदै निजी सवारी साधन जोरविजोरबाट चलाउन दिन थालेको छ। उनका अनुसार उद्योग र निर्माणका काम खुला गरेपछि डिजलको बिक्री बढेको छ।

अहिले कृषिमा समेत माग बढेकाले डिजलको बिक्री बढेको उपाध्यायले बताए। सामान्य अवस्थामा मुलुकभर  दैनिक पेट्रोल ३० लाख लिटर र डिजल ८० लाख लिटर बिक्री हुन्थ्यो।

प्रतिक्रिया दिनुहोस