गफ हानेको होइन्, ढुक्क रहौं मुलुक बन्छ : प्रधानमन्त्री

नौलो समाचार संवाददाता
२०७७ अषाढ १, सोमबार मा प्रकाशित ५३० पटक पढिएको
गफ हानेको होइन्, ढुक्क रहौं मुलुक बन्छ : प्रधानमन्त्री

असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्। वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम हुने पनि बताए।

‘अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो गफ हानेको होइन। ढुक्क रहौं मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुन्छ,’ ओलीले भने।

उनले अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति भएकाले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनुपर्ने बताए।

ओलीले अब मूलुकमा अर्को आन्दोलनको आवश्यकता नरहेको पनि बताए। उनले अबको पुस्ता भाग्यमानी पुस्ता भएको पनि बताए।

‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईँका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस