भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

नौलो समाचार संवाददाता
२०७७ अषाढ १, सोमबार मा प्रकाशित ४३७ पटक पढिएको
भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

असार १, नयाँदिल्ली। भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ। शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ। कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन्।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन्। महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन्। महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस