कोरोनाले विश्वमा ४ लाख ३१ हजार ५४१ को मृत्यु, संक्रमित ७८ लाख २३ हजार नाघ्याे

नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित ६३२ पटक पढिएको

कोरोनाले विश्वमा ४ लाख ३१ हजार ५४१ को मृत्यु, संक्रमित ७८ लाख २३ हजार नाघ्याे

असार २, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ३१ हजार ५४१ पुगेको छ ।

संक्रमितको संख्या ७८ लाख २३ हजार २८९ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ । चीनमा नियन्त्रणको अवस्थामा रहे पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल, रुस, भारत, चिली, मेक्सिकोमा कोरोनाको संक्रमण फैलिएको छ । लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस