१० अर्बको हिसाब माग्दै प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १३ बुँदे पत्र

नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित ४३५ पटक पढिएको
१० अर्बको हिसाब माग्दै प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १३ बुँदे पत्र

असार २, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब माग्दै प्रधानमन्त्री केपी ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

अाज (मंगलबार) नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा बालुवाटार पुगेका कांग्रेस नेताले ध्यानाकर्षण–पत्र बुझाएका हुन् । सचेतक खाँडसँगै पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी बालुवाटार पुगेका थिए ।

‘सरकारले कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भयो भनिएको छ’, कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘त्यो खर्च कुन निकाय, तहले के प्रयोजनका लागि गरेको छ ? सम्पूर्ण विववरण सार्वजनिक गरियोस् ।’

कांग्रेसले विपतको समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणलगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ । उसले यो विषयले प्रमुख प्रतिपक्षी दललाई लज्जित बनाएको बताएको छ ।

कांग्रेसको १३ बुँदे ध्यानाकर्षणपत्रमा कोरोना परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, कन्ट्राक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, सामग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानबिन र पारदर्शीता, राहत वितरण, विदेशबाट नागरिकको उद्धार, रोजगारी, कृषि र खाद्य सुरक्षा, आर्थिक क्षेत्र, विद्यार्थीको सम्बन्धमा, र मनोसामाजिक परामर्श र सुरक्षाको विषय समेटेको छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!