प्रधानमन्त्रीको प्रश्न : इनअफ इज इनअफ के हो त्यो ?

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित १००२ पटक पढिएको

प्रधानमन्त्रीको प्रश्न : इनअफ इज इनअफ के हो त्यो ?

असार ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामाना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति पनि कटाक्ष गरेका छन्।

राष्ट्रिय सभामा बोल्दै उनले भने “एउटा शब्द आजकल चलेको छ। इनअफ भन्ने। सबैलाई कण्ठ भईसकेको शब्द। इन अफ।  मैले सडकमा पनि प्ले कार्ड हेरँ। कोभिड १९ इन अफ इज इन अफ। के हुन्छ यसको अर्थ भनी मैले खोजी हेरेँ। कोभिड १९ इज मोर देन इन अफ। यो आउनै नहुने। कसरी आयो ? आउनै नहुने। निषेध गर्न खोज्यौ। रोक्न खोज्यौ तर पनि आयो। यो इन अफ मात्रै होइन हद भन्दा पनि बढी भो यो। चाहिदै नचाहिएको आउनै नहुने कुरा आयो। यो त सबैले मानेकै छ। इन अफ इज इनअफ के हो त्यो? यो सरकारले ल्याएको त होइन।”

प्रतिक्रिया दिनुहोस