महाकाली सन्धि ठिक छ, एमसीसीको विरोध गर्ने विकास विरोधी : प्रधानमन्त्री ओली

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ६४३ पटक पढिएको

महाकाली सन्धि ठिक छ, एमसीसीको विरोध गर्ने विकास विरोधी : प्रधानमन्त्री ओली

असार ४, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमसीसी)को विरोध गर्नेहरु विकास विरोधी भएको बताएका छन्। अाज (बिहीबार) राष्ट्रिय सभामा बजेटबारे उठका प्रश्नको जवाफ दिनेक्रममा उनले एमसीसीको बचाउनमात्र गरेनन विरोध गर्नेहरुको आलोचनासमेत गरे। उनले विकास हुन लाग्यो भन्ने चिन्ता लागेको भन्दै प्रश्नसमेत गरे।

सत्तारुढ दल नेकपा र सडकमा एमसीसीको जबरजस्त विरोध भइरहेका बेला प्रधानमन्त्री ओली एमसीसी संसदबाट अनुमोदन गराउन दृढ देखिएका हुन्। सत्तारुढ दल नेकपा भित्रै एमसीसीको विरोध गर्नेहरुको बहुमत रहेकाले प्रधानमन्त्री ओलीले पार्टीको बैठक पटक पटक सार्दै आएका छन्। एमसीसी यही असाढ १५ गते भित्र पारित गरिसक्नुपर्ने बाध्यताका बीच नेकपाले पार्टी स्थायी कमिटिको बैठक असाढ १० गतेका लागि बोलाएको छ।

अाज प्रधानमन्त्री ओलीले एमसीसीको बचाउमात्र गरेनन राष्ट्रघात गरिएको भनिँदै आएको महाकाली सन्धिको पनि बचाउ गरेका छन्। उनले संसदमा भने, महाकाली सन्धी ठिकै देख्छु। प्रतिपक्षी भए पनि हामीले समर्थन गरेपछि यो सन्धी भएको हो।


प्रतिक्रिया दिनुहोस