भारतमा एकैदिन १३ हजार कोरोना संक्रमित थपिए, हालसम्म संक्रमित ३ लाख६६९४६, मृतक १२ हजार २३७

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ६९८ पटक पढिएको
भारतमा एकैदिन १३ हजार कोरोना संक्रमित थपिए, हालसम्म संक्रमित ३ लाख६६९४६, मृतक १२ हजार २३७

असार ५, काठमाडौं । भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार संक्रमित थपिएका हुन् ।

अनलक्ड–१ मा गएपछि भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा रेल सेवा सुरु भएसँगै कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा फैलिरहेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण भएका देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा हालसम्म ३ लाख ६६ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

१२ हजार २३७ संक्रमितको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस