भारत र चीनलाई शान्तिपूर्णरुपमा सीमा विवाद सुल्झाउन नेपालको सुझाव

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४४० पटक पढिएको
भारत र चीनलाई शान्तिपूर्णरुपमा सीमा विवाद सुल्झाउन नेपालको सुझाव

असार ६, काठमाडौं । भारत र चीनबीच देखिएको पछिल्लो तनावमा नेपालले चासो देखाएको छ ।

भारत र चीनबीच पछिल्लो समय देखिएको सीमा विवाद शान्तिपूर्ण रुपमा सुल्झाउन नेपालले सुझाव दिएको छ । परराष्ट्रमन्त्रालयले आज विज्ञप्ती जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा सक्षम रहेको विश्वास व्यक्त गरेको छ ।

विज्ञप्तीमा असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस