सुनको भाउ एक तोलाको ९० हजार ६ सय रुपैयाँ पुग्यो, चाँदी पनि उकालो लाग्दै

नौलो समाचार संवाददाता
२०७७ अषाढ ७, आईतबार मा प्रकाशित ५८३ पटक पढिएको
सुनको भाउ एक तोलाको ९० हजार ६ सय रुपैयाँ पुग्यो, चाँदी पनि उकालो लाग्दै

असार ७, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।  आइतबार बजार खुल्दा  तोलाको ८ सय रुपैयाँले बढ्दै सुन तोलाको साढे ९० हजार नाघेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लक डाउपछि गत आइतबार देखी बजारमा सुनको नयाँ मुल्य ८९ हजार ६ सय रुपैयाँ  तोकेका थिए ।

एक सातामै सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बृद्धि भएको छ ।

चाँदीको मुल्य पनि ५ रुपैयाँको दरले बढेको छ । आज चाँदीको मुल्य तोलाको ९ सय ४० रुपैयाँ रहेको छ ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढ्न थालेपछि अन्तराष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य लगातार उकालो लागिरहेको छ।

प्रतिक्रिया दिनुहोस