सुन तोलाको ९१ हजार रुपैया

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित ८०८ पटक पढिएको
सुन तोलाको ९१ हजार रुपैया

असार ८, काठमाडौं । नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ ।

अाज (सोमबार)का लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा अाज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ । लकडाउन अघि बन्द भएको सुन चाँदी व्यवसाय पूर्णरुपमा अझै खुली नसकेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस