भर्चुअल बैठकमा मन्त्री भट्टराई बोलिरहँदा पोर्न भिडियो बजेपछि…

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित १३६१ पटक पढिएको
भर्चुअल बैठकमा मन्त्री भट्टराई बोलिरहँदा पोर्न भिडियो बजेपछि…

असार ८, काठमाडौँ । ‘जुम एप’ मार्फत भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको हो ।

मन्त्री भट्टराईले बोल्दै गर्दा पोर्न भिडियो प्ले भएपछि आयोजकले तत्कालै जुम मिटिङको अन्त्य गरेका थिए ।

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो प्ले गरेको बताइएको छ । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।

कोरोना महामारीपछि जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। तर जुम एपको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले यसको प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस