अमेरिकाले डिसेम्बरसम्म ग्रीनकार्ड र एच–१ बी भिसा नदिने, नेपालीसमेत प्रभावित हुने

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ८३५ पटक पढिएको
अमेरिकाले डिसेम्बरसम्म ग्रीनकार्ड र एच–१ बी भिसा नदिने, नेपालीसमेत प्रभावित हुने

असार ९, वाशिङटन। अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले एन १ बी भिसा सहित विदेशीहरुलाई अमेरिकामा रोजगारीको लागि दिइने अन्य कैयौं प्रकारका भिसा स्थगित गर्ने समय बढाएका छन् । ह्वाइट हाउसका एक बरिष्ठ अधिकारीले सोमबार ३१ डिसेम्बरसम्म विदेशीहरुका लागि ग्रिनकार्ड जारी नहुने बताए ।

ट्रम्पले एच १ बी भिाको दुरुपयोग रोक्न पनि निर्देशन दिएका छन् । यदि कसैले भिसासँग सम्बन्धित नियमको पालना नगरेमा अमेरिकाको श्रम विभागले उनीहरुमाथि कारवाही गर्नेछ । यद्यपि खाद्य उद्योग, मेडिकल र अन्य केही क्षेत्रका लागि भिसा जारी गर्न अनुमति दिइन सक्नेछ । यसअघि ट्रम्पले अप्रिलमा एच १ बी भिसा प्रक्रिया स्थगित गरेका थिए । सोही स्थगनको अवधि बढाएर यो वर्षको अन्त्यसम्म पुर्याइएको हो ।

अमेरिकामा महामारीका कारण बेरोजगारी दर अचानक बढेको छ । यसको असर कम गर्न र अमेरिकी नागरिकको रोजगारी बचाउन यो निर्णय गरिएको बताइउको छ । हाललाई यो प्रतिबन्ध अस्थायी हो । अमेरिकाका भिसा प्रक्रियामा सुधारपछि यस विषयमा अर्को निर्णय गरिनेछ । अन्य देशबाट सरुवा गरेर अमेरिका पठाइने कर्मचारीहरुका लागि जारी गरिने एल १ भिसामा पनि रोक लगाइएको छ ।

ट्रम्पले एच १ बी भिसाको साथमा एच ४, एच २ बी, जे र एल भिसामाथि पनि प्रतिबन्ध लगाउन सक्नेछन् । यसको निर्णय मंगलबार हुने बताइएको छ । ट्रम्पले यस्ता भिसाका लागि लट्री सिस्टम तत्कालै बन्द गरिने बताए । भिसासम्बन्धी नयाँ प्रतिबन्धपछि यस वर्षको अन्त्यसम्म ५ लाख २५ हजार रोजगारमिा असर पर्ने बताइएको छ । अमेरिकामा महामारीका कारण अहिलेसम्म ३० लाखभन्दा धेरैले रोजगारी गुमाएका छन् ।

एच २ बी भिसाबाहेक अन्य सबै किसिमका भिसामा प्रतिबन्ध लाग्दा नेपालीहरुमाथि पनि असर पर्नेछ । एच २ बी भिसा भने मेक्सिकोका प्रवासीको लागि लागू हुन्छ । अमेरिकामा हरेक वर्ष १० लाख कर्मचारी अन्य देशबाट आउँछन् । यीमध्ये नेपालीहरु पनि छन् । अमेरिकी सांसदहरुले अमेरिकामा बेरोजगारी दर अत्यन्तै बढेकोले भिदेशी कर्मचारीहरुलाई भिसा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस