असार ९, काठमाडौँ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार)घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो(सोमबार)छापावाला सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँले घटेर ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो (सोमबार)तेजाबी सुनको मूल्य तोलामा ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस