असार १६, काठमाडौं । लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।
भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको हो ।
प्रतिक्रिया दिनुहोस