भारतमा लकडाउन खुकुलो भएसँगै तीव्र गतिमा कोरोना संक्रमण फैलिदै, विश्वमै भारत तेस्रो स्थानमा

नौलो समाचार संवाददाता
२०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ६१२ पटक पढिएको
भारतमा लकडाउन खुकुलो भएसँगै तीव्र गतिमा कोरोना संक्रमण फैलिदै, विश्वमै भारत तेस्रो स्थानमा

असार २३, काठमाडौं । भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका र ब्राजिल पछि रहेको रुसलाई उछिन्दै भारत तेस्रो स्थानमा उक्लिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ६ लाख ९७ हजार ४१३ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा १५ लाख ७७ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अमेरिकामा सबैभन्दा धेरै २८ लाख ३३ हजार ५५२ मा कोरोना संक्रमण देखिएको छ ।

भारतमा लकडाउन खुकुलो भएसँगै तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक पाँच दिनमा एक लाखभन्दा धेरै संक्रमित थपिइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस