सुनको मुल्य अहिलेसम्मकै उच्च, एक तोलाको ९२ हजार ४ सय, चाँदी पनि बढ्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित १०३१ पटक पढिएको
सुनको मुल्य अहिलेसम्मकै उच्च, एक तोलाको ९२ हजार ४ सय, चाँदी पनि बढ्यो

असार २५, काठमाडौं । सुनको मुल्य केही दिन यता उकालो लाग्न थालेको छ । अाज (बिहीबार) सुनको मुल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुन एकैदिन तोलामा ९ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारको ट्रेन्ड पछ्याउँदै स्थानीय बजारमा पनि सुनको भाउ उकालो लागेको हो।

मंगलबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो ।

चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको  ९ सय ८० रुपैयाँ रहेको छ ।

#सुनचाँदी #सुनकाे भाउ

प्रतिक्रिया दिनुहोस