सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

नौलो समाचार संवाददाता
२०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ५४९ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोबार ?

साउन २, काठमाडौं। लगातार बढेर कारोबारमा मन्दी आएको सुनको मूल्य अघिल्लो दिनका तुलनामा तोलामा ५ सय रुपैयाँले घटेको छ। आज (शुक्रबार)को मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार एक हजार ५ रूपैयाँ प्रतितोला पुगेको चाँदी आज ९ सय ९५ मा ओर्लिएको छ।

लकडाउनसँगै उक्लिएको सुनको भाउ लाख पुग्न सक्ने अडकल व्यवसायीको छ। सामान्य लगातार भाउ उक्लिएर सामान्य घट्दा कारोबारले लय समातेको छैन। नयाँ गहना बनाउन आवश्यक नभएकाहरूले सुन खरिद घटाएका छन्। भाउ आउने बेला भन्दै पुराना बेच्न चाहनेहरू भने बढेका छन्।

अन्तर्राष्ट्रिय बजारमै भाउ उक्लिएकाले नेपालमा पनि सुनको मूल्य घट्न नसकेको हो। कोरोना महाव्याधिसँगै अन्य कारोबारमा मन्दीसँगै लगानीकर्ता सुन खरिदमा आकर्षित छन्।

प्रतिक्रिया दिनुहोस