सुनको मूल्यले फेरि कायम गर्‍यो नयाँ कीर्तिमान

नौलो समाचार संवाददाता
२०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित १६४९ पटक पढिएको
सुनको मूल्यले फेरि कायम गर्‍यो नयाँ कीर्तिमान

साउन ९, काठमाडौँ।  नेपालमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै महँगो भएको हो।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस