अाज पनि बढ्याे सुनकाे भाउ

नौलो समाचार संवाददाता
२०७७ श्रावण १४, बुधबार मा प्रकाशित ८७७ पटक पढिएको
अाज पनि बढ्याे सुनकाे भाउ

साउन १४, काठमाडौँ। सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा छ। अाज (बुधबार) पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय ६० रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूख्य तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस