लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” को भिडियोमा ‘बले’ र प्रिज्मा-प्रिन्सी

नौलो समाचार संवाददाता
२०७७ श्रावण १८, आईतबार मा प्रकाशित ६२५ पटक पढिएको
लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” को भिडियोमा ‘बले’ र प्रिज्मा-प्रिन्सी

साउन १८, काठमाडौँ। लोकप्रिय गायक शिव परियारको स्वर रहेको नया “नाचें फिरिरी” को भिडियो सार्वजनिक भएको छ । गायक शिव परियारको लकडाउन पछि दर्शक तथा स्रोताको लागि निकै मिठो गीत “नाचें फिरिरी” लिएर आएका हुन् ।

सार्वजनिक गीतमा डाक्टर चन्द्र गिरिको शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माले संगीत दिएका छन्। गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेको हुन् ।


प्रतिक्रिया दिनुहोस