सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलाको एक लाख एक हजार भन्दा माथि

नौलो समाचार संवाददाता
२०७७ श्रावण २१, बुधबार मा प्रकाशित ८६८ पटक पढिएको
सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलाको एक लाख एक हजार भन्दा माथि

साउन २१, काठमाडौँ । सुनको भाउ एकै दिन १६ सय रुपैयाँले बढेर तोलाको एक लाख भन्दा माथि पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य आज (बुधबार) एक लाख भन्दा बढी कामय भएको हो ।

छापावाल सुनको मूल्य १६ सयले बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर आज तोलाको एक लाख ९ सय पुगेको छ ।

यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेर तोलाको १२ सय ९५ पुगेको छ।

सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन्।

कोरोनाको महाव्याधिले विश्व बजारमा पारेको असरसँगै सुनचाँदी महंगिएको हो। सुन महंगिदा व्यवसायीले नयाँ खरिदकर्ता पाउन कम भइसकेको छ। सुन किनेर गहना बनाउने घट्दा व्यवसायीले बैंकबाट उठाउने परिमाण घटाइसकेका छन्। बढेको मूल्यमा गहना बेच्न चाहने भने बढेका छन्।


प्रतिक्रिया दिनुहोस