अझै बढ्यो सुनको मूल्य, चाँदी तोलामा ५० रुपैयाँले वृद्धि

नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ५०७ पटक पढिएको
अझै बढ्यो सुनको मूल्य, चाँदी तोलामा ५० रुपैयाँले वृद्धि

साउन २२, काठमाडौं। सुनको मूल्य निरन्तर बढेर आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनभन्दा तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो एकैदिन सुन तोलामा १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढ्न थालेको छ। चाँदी तोलामा ५० रुपैयाँले बढ्दै तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँ थियो।

सुनचाँदीको आज कायम मूल्य बजारमा आजसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस २०२२।६५ डलरमा कारोबार भएको सुन बिहीबार बिहान बढेर २०४४।६६ डलर पुगेको छ। यस्तै बुधबार प्रतिऔंस २५।९७ डलरमा कारोबार भएको चाँदी पनि बढेर बिहीबार २७।०५ डलरमा कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस