सुनको मूल्यमा भारी गिरावट, एकैदिन ६ हजार भन्दा बढी घट्यो

नौलो समाचार संवाददाता
२०७७ श्रावण २८, बुधबार मा प्रकाशित १४९० पटक पढिएको
सुनको मूल्यमा भारी गिरावट, एकैदिन ६ हजार भन्दा बढी घट्यो

साउन २८, काठमाडौँ।  नेपाली बजारमा सुनको मूल्यमा एकै दिन भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज (बुधबार)सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य आज प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा ६ हजार दुई सय रुपैयाँको गिरावट भएको यो पहिलो घटना हो।

कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ।

तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम भएको छ । म‌ंगलबार तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस