गीतकार केसीको “जीवन जगत” सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित २७०७ पटक पढिएको
गीतकार केसीको “जीवन जगत” सार्वजनिक

भदाै ४, काभ्रे।  गीतकार नवराज केसीले ‘जीवन जगत’ नामक गीत बजारमा ल्याएका छन्।

निकै नै मर्मस्पर्शी रहेको जीवनका मोडहरुमा आइपर्ने आरोह अवरोहहरुका घटनाक्रमलाई चित्रित गरिएको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक गरिएको हो । हृदयस्पर्शी तथा दार्शनिक शब्दले सजिएको जीवन र जगत सम्बन्धी गीत गीतकार नवराज के.सी.ले लेखेका हुन् । केसीको मार्मिक शब्द रहेको उक्त गीत जीवनको यथार्थमा रहेर तयार पारिएको बताइन्छ ।

हालै सार्वजनिक केसीको शब्द रचना रहेको ‘जीवन जगत’ गीतलाई सुरेन्द्र श्रेष्ठको स्वरले झनै मर्मस्पर्शी बनाएको छ । गीतमा संगीत भर्ने काम संगीतकार एवं गायक सुमन वैद्यले गरेका छन् । जीवनका यथार्थलाई समेटेर तयार गरिएको जीवन जगतको संगीत संयोजन बालकृष्ण सेवाचार्यले गरेका छन् भने ग्राफिक्स अशोक रञ्जितले गरेका छन् ।

जीवन जगतलाई आम नेपाली गीतका पारखी, श्रोता, दर्शकले अति नै मन पराएको गीतकार केसी बताउँछन् । आफ्नो गीत दर्शक श्रोताले अत्याधिक मन पराइदिएकोमा खुशी व्यक्त गर्दै गीतकार केसीले यो गीत निकै उत्कृष्ट रहेको दाबी गरे । गीतकार केसीले यस अघि पनि ३ वटा गीत बजारमा ल्याइसकेका छन् ।

हेेेेर्नुस भिडियो :


प्रतिक्रिया दिनुहोस