कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने

नौलो समाचार संवाददाता
२०७७ भाद्र ६, शनिबार मा प्रकाशित ६३० पटक पढिएको
कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने

भदाै ६, काठमाडौं। कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका हुन् ।

शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको दृष्टान्त दिंदै उक्त विश्वास व्यक्त गरेका हुन्।

तर अहिलेको प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने पनि उनको विश्लेषण छ ।

बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने सम्भावना बढी भएपनि यसलाई रोक्नका लागि अहिले प्रविधि र ज्ञान पनि बढी उपलब्ध रहेको पनि टेड्रोसको तर्क छ ।

सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ ।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) जस्ता स्वास्थ्य सुरक्षा सामग्रीसँग सम्बन्धित भ्रष्टाचार लाई घोर अपराधको संज्ञा पनि दिएका छन् ।

यस्ता भ्रष्टाचार आफ्ना लागि हत्या सरह नै भएकाले कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने पनि टेड्रोसले प्रष्ट पारेका हुन् ।

हालसम्मका कोरोनाका कारण विश्वभर करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस