कांग्रेस केन्द्रीय सदस्य हुमागाईंलाई कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ८७७ पटक पढिएको
कांग्रेस केन्द्रीय सदस्य हुमागाईंलाई कोरोना संक्रमण

कात्तिक १४, काभ्रे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईंलाई कोरोना संक्रमण देखिएको छ।

हुमागाईंको सचिवालयले दिएको जानकारीअनुसार पिसिआर परीक्षणका क्रममा बिहीबार हुमागाईं र उनकी श्रीमती गायत्रीमा कोरोना संक्रमण पुष्टि भएको छ।

हुमागाईं होम आइसोलेसन बसेका छन्। यसबीचमा सम्पर्कमा आएकाहरूले सजगता अपनाउन हुमागाईंले आग्रह गरेका छन्।

उहाँहरू होम आइसोलेसनमा रहेकाे र स्वास्थ्य सामान्य रहेकाे हुमागाईंको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस