केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड, ९ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७७ मंसिर २३, मंगलबार मा प्रकाशित ६२७ पटक पढिएको
केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड, ९ जना पक्राउ

मंसिर २३, काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ। बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा तोडफोड भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसार पक्राउ परेका सबैको पहिचान खुलेको छ।

उनले घटनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए।

डिएसपी विष्टका अनुसार श्वासप्रस्वासमा समस्या भएर उपचार गराइरहेकी ती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रमण गरेका हुन्।

घटनाका विषयमा अस्पताल र आफन्तबीच छलफल भइरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस