नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षासँगै संचालक/कर्मचारीलाई तालिम

नौलो समाचार संवाददाता
२०७७ माघ २५, आईतबार मा प्रकाशित ६७६ पटक पढिएको
नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षासँगै संचालक/कर्मचारीलाई तालिम

माघ २५, काभ्रे । काभ्रे पनौतीस्थित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी तथा संचालक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।

संस्थाका सल्लाहकार तथा पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाई उदघाटन सत्रको प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै हुमागाईले सहकारीले बचत तथा ऋणका अलावा कमजोर वर्गलाई ध्यानमा राखेर कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका सचिव अकुरप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सल्लाहकार विदुर हुमागाइर्, यज्ञप्रसाद हुमागाई उपसमितिका केदारनाथ आचार्य, लेखा तथा सुपरिवेक्षण समिति संयोजक रमेशराज राजलवट लगायतले सहकारी संस्थाका विषयमा बोल्नुभएको थियो ।

सहकारीको अर्धवार्षिक वित्तीय अवस्थाका बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाले सहकारीको मर्म र धर्म बमोजिम कार्य गर्दै आएको बताउँदै विभिन्न ६ ओटा संंस्था एकीकरण भएर ग्रामीण क्षेत्रलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उनका अनुसार जिल्लाको साविकका ११ गाविसलाई कार्यक्षेत्र बनाएको संस्थाले पौष मसान्त सम्ममा ४ हजार ७०४ जनालाई कुल ४ करोड १९ लाख ५८ हजार ९ सय रुपैंयाको शेयर प्रदान गर्न सफल भएको छ । कुल ४३ करोड ४१ लाख २४ हजार ५ सय ६९ कुल पुँजी जम्मा गर्न सफल संस्थाको ३६ करोड १० लाख ९२ हजार ३ सय ३६ कर्जा लगानीमा रहेको छ । औषतमा १३.४० प्रतिशत व्याजदरमा ऋण प्रवाह गरेको संस्थाले बचतकर्तालाई औषतमा ८.६० प्रतिशत व्याज दिएको छ । संस्थाले आगामी असार मसान्तमा कुल पुँजी ५१ करोड २२ लाख ३५ हजार ९ सय पुर्याउने प्रक्षेपण गरेको छ ।

संचालक तथा कर्मचारीका लागि क्षमता अभिबृद्धि तालिम

संस्थाको अर्धवार्षिक समिक्षा पछि संचालक तथा कर्मचारीका लागि क्षमता अभिबृद्धि तालिम संचालन गरिएको थियो । कास्कुनका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी प्रशिक्षक कृष्ण प्रसाद आचार्य प्रशिक्षण दिनु भएको थियो । संस्थाको विकासका लागि संचालक तथा कर्मचारीहरुको भूमिकाका विषयमा आचार्यले सहजीकरण गर्नुभएको थियो ।

नगरकोटको होटल चौतारीमा भएको कार्यक्रमको शनिवार समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार तथा नेपाल बार एशोसियसन काभ्रे शाखाका पूर्व अध्यक्ष रमेशप्रसाद हुमागाईले तालिमका सिकेका विषय संस्थामा प्रत्यक्ष रुपमा देखिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कुल ७३ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि हुमागाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सल्लाहाकार उपेन्द्र हुमागाईले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस