कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा तीन लाख ४८ हजार खोप नेपाल आइपुग्यो

१९ लाख २० हजार खोप अनुदानमा आउदै
नौलो समाचार संवाददाता
२०७७ फागुन २३, आईतबार मा प्रकाशित ८३९ पटक पढिएको
कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा तीन लाख ४८ हजार खोप नेपाल आइपुग्यो

फागुन २३, काठमाडौं। थप तीन लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत आइतवार बिहान कोभिड(१९ विरुद्धको भ्याक्सिन नेपाल आइपुगेको हो।

गाभी ग्लोवल भ्याक्सिन अन्तर्गतको कोभिड-१९ भ्याक्सिन ९कोभ्याक्स० अन्तर्गत गरिब देशहरुलाई अनुदानमा दिइने भ्याक्सिन नेपाल आइपुगेको हो।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादित भ्याक्सिन नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गर्ने भ्याक्सिनको पहिलो खेप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फेब्रुअरी २४ बाट कोभ्याक्स सुविधा मार्फत् विश्वब्यापी रुपमा खोप बाँड्न थालिएको थियो। घानाबाट सुरु गरिएको वितरण कार्यक्रम दक्षिण एसियामा नेपालसहित बंगलादेश र श्रीलंकामा पनि खोप वितरण गरिएको छ।

यसबिच कोभ्याक्स सुबिधा अन्तर्गत दक्षिण कोरिया, कोटे दी आइभरी, नाइजेरिया, अंगोला, कम्बोडिया, कंगो, केन्या, रुवाण्डा, फिजी, डिजिबुटी, फिलिपिन्सलगायतका देशहरुमा खोप पुगिसकेको छ। कोभ्याक्सले वितरण सुरु गरेको पछिल्लो १० दिनमा एक करोड १२ लाख बढी डोज भ्याक्सिन विभन्न देशहरुमा पुगेको गाभीले जनाएको छ।

कोभ्याक्स अन्तर्गत कोलिसन फर इपिडेमिक प्रिपेरडनेस इनोभेसन (सीईपीआई), गाभी र डब्लुएचओले कोभिड-१९ विरुद्ध संयुक्त रुपमा सुरु गरेको कोभ्याक्स कार्यक्रम अन्तर्गत युनिसेफले कोभ्याक्स विश्वव्यापी वितरण थालेको हो।

यस सुविधा अन्तर्गत १३८ देश र केही राष्ट्र संघको सदस्य नभएका देशहरुले पनि भ्याक्सिन प्राप्त गर्ने छन्। नेपालले यो सुविधा अन्तर्गत १९ लाख २० हजार डोज भ्याक्सिन प्राप्त गर्ने छ।

प्रतिक्रिया दिनुहोस