फागुन २५, काभ्रे । दोस्रो चरणको खोप अभियान अन्तर्गत आज काभ्रेमा २१ सय ३६ जनाले खोप लगाएका छन् । जिल्लाका १३ वटा स्थानिय तहमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउने कार्य जारी रहेको छ
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाका १३ स्थानिय तहमा गरि आज २१ सय ३६ जना बृद्ध-बृद्धा नागरिकले खोप लगाएका छन् ।
जसमध्ये काभ्रेको पनौती नगरपालिकामा २ सय ६८, बनेपा नगरपालिकामा २ सय १०, धुलिखेल नगरपालिकामा ८३, पाँचखाल नगरपालिकामा १ सय ६८, नमोबुद्ध नगरपालिकामा १ सय ७० र मण्डनदेउपुर नगरपालिकामा ३ सय ५५ जनाले खोप लगाएका छन् ।
यस्तै रोशी गाउँपालिकामा ६०, बेथानचोक गाउँपालिकामा १ सय ६१, भुम्लु गाउँपालिकामा १ सय २१, तेमाल गाउँपालिकामा १ सय ४०, महाभारत गाउँपलिकामा ७१, चौरीदेउराली गाउँपालिकामा १ सय ५८ र खानीखोला गाउँपालिकामा ८४ जनाले खोप लगाएका छन् ।
एक जना डिस्चार्ज
यसैबीच जिल्लामा आज एकजना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १५ जना रहेको छ । बनेपा नगरपालिकामा २ जना, धुलिखेल नगरपालिकामा १० जना र मण्डनदेउपुर नगरपालिकामा ३ जना सहित १५ जना संक्रमित रहेका छन् जो हाल होम आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस