काभ्रेको पनौतीमा कोरोना भाईरस बिरुद्धको खोप अभियान सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ चैत्र २, सोमबार मा प्रकाशित १२२५ पटक पढिएको
काभ्रेको पनौतीमा कोरोना भाईरस बिरुद्धको खोप अभियान सम्पन्न

चैत २, काभ्रे। कोरोना भाईरस बिरुद्धको दाेश्रो चरणको खोप अभियान काभ्रेको पनौती नगरपालिकामा समपन्न भएको छ । यही फाल्गुन २३ गतेबाट सुरु भएको दास्रो चरणको खोप अभियानमा ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई लक्षीत गरिएको थियो ।

खाेप अभियान अन्तर्गत पनाैती नगरपालिकामा १ हजार ८ सय ३४ जनाले खोप लागएका स्वास्थ्य शाखाका प्रमुख पुरूषाेत्तम   तिमल्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाको बिभिन्न स्थानमा तोकिएको खोप केन्द्र मार्फत ३ हजार भन्दा धेरैले खोप लागाउने अनुमान गरिएको थियो ।

फागुन २३ गते शान्ति निकेतन मा.वि. रयाले र कुशादेवी मा.वि. कुशादेवीमा खोप कार्यक्रम संञ्चालन गरिएको थियो भने २४ गते खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र बल्थली स्वास्थ्य चौकी,२५ गते वडा नम्बर ९ को कार्यालय र वडा नम्बर ६ को सरस्वती कुञ्ज विद्यालयमा खोप केन्द्र तोकेर खोप लागाईएको थियो  । यस्तै २६ गते स्वयत गणेश विद्यालय सुब्बा गाँउ, कोलाती भुमिडाँडा स्वास्थ्य चौकीमा, २७ गते मल्पी स्वास्थ्य चौकी, पनौती बेन्वेट र २८ र २९ गते ईन्द्रेश्वर उच्च मा.बिमा खोप केन्द्र तोकेर खोप कार्यक्रम संञ्चालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस