पनौती खरिबोटमा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना, नि:शुल्क औषधि उपचार

नौलो समाचार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार मा प्रकाशित ६७५ पटक पढिएको
पनौती खरिबोटमा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना, नि:शुल्क औषधि उपचार

चैत १३, काभ्रे । काभ्रेको पनौती नगरपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ संचालनमा ल्याइएको छ । आज (शुक्रबार) पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ गर्नु भएको हो ।

पनौती नगरपालिका वडा नम्बर ८ खरिबोटको वडा कार्यालयमा स्थापान गरिएको आरोग्य सेवा केन्द्र पनौती नगरपालिकाकै पहिलो भएको पनौती नगरपालिका स्वस्थ्य साखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला आयुर्वेदिक कार्यालय बनेपाको प्राविधिक सहयोगमा र नगरपालिकाको संयोजनमा शुभारम्भ गरिएको ‘नागरिक आरोग्य सेवा केन्द्र’ले आयुर्वेदिक पद्दतिबाट उपचार गरी रोग अनुसार आयुर्वेदिक औषधि निशुल्क उपलब्ध गराउने स्वस्थ्य साखा प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भिम न्यौपाने आयुर्वेदिक पद्दतिबाट नगरबासीको स्वस्थ्य सेवाको निम्ति आयुर्वेद केन्द्रको स्थापना गरिएको र आगामी दिनमा अन्य वडाहरुमा पनि ‘नागरिक आरोग्य सेवा केन्द्र’ लाइ बिस्तार गर्दै लैजाने प्रतिबद्दता ब्यक्त गर्नुभयो।

आयुर्वेदिक उपचार पद्दतिबाट हरेक किसिमका रोगहरु निको पार्न सकिने बताउदै जिल्ला आयुर्वेदिक कार्यालय बनेपाका प्रमुख डा. मनोज चौधरीले हाललाई एक जनाको दरबन्दीमा बिरामी चेकजाच, औषधि वितरण थालिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले तथा वडा नम्बर ८ का वडा अध्यक्ष केशव बन्जाराले आफ्नो वडामा आयुर्वेद केन्द्र स्थापनाले समग्र वडाबासी र आफुहरुलाई खुशी मिलेको उल्लेख गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न स्वास्थ्य सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस