देशभर वायु प्रदूषण बढ्यो, सावधानी अपनाउन स्वास्थ मन्त्रालयको आग्रह

नौलो समाचार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार मा प्रकाशित १०७२ पटक पढिएको
देशभर वायु प्रदूषण बढ्यो, सावधानी अपनाउन स्वास्थ मन्त्रालयको आग्रह

चैत १३, काठमाडौँ ।  काठमाडौँ उपत्यका लगाएत देशभर आज एक्कासी वायु प्रदूषण बढेको छ । वायु प्रदूषण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।
विहिबारदेखि अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका लगाएतका विभिन्न क्षेत्रमा वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।

यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल समेत जारी गरेको छ।
मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ ।

मन्त्रालयद्वारा जारी अपिल:-

प्रतिक्रिया दिनुहोस